२०८१ कार्तिक ६, १८:१५
#ब्रेकिङ न्युज

झापाका खाेला नदीहरुमा आकस्मिक बाढीको जोखिम

झापा –झापाका खाेला र नदीहरुमा आज, भोलि र पर्सि आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ताप्लेजुङ, पाँचथर, इलाम, झापा र तेह्रथुम भई बहने केही साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको हो। नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । ठुला नदीहरूमा पनि जलसतह बढ्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

झापाका कनकाई र त्यसका सहायक नदीहरु तथा मेची, कमल, बिरिङ, रतुवा, निन्दा लगायतका नदीको जल सतह बढ्ने अनुमान गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *