२०८१ कार्तिक ६, १६:३५
#कोशी #ब्रेकिङ न्युज

माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टरको वार्षिकोत्सवमा विद्युतीय सवारी उद्घाटन

मेचीनगर । माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टरले प्रथम वार्षिकोत्सव मनाउँदै विद्युतीय सवारी मंगलबार उद्घाटन गरेको छ ।
मेचीनगर-७, आयाबारीस्थित सर्भिस सेन्टरको कार्यालयमा भएको कार्यक्रमको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गरेका थिए । सेन्टरले बार्षिकोत्सवसँगै दुई र तीन पाङ्गे बिद्युतीय सवारी साधानको समेत बिक्री सुरु गरेको छ ।
कार्यक्रममा प्रदेश प्रहरी प्रमुख डिआइजी चन्द्रकुवेर खापुङ, कोशी प्रदेश निवर्तमान सांसद श्रीप्रसाद मैनाली, नेपाली कांग्रेस झापा उपसभापति केशवराज पाण्डे, मेचीनगर-७ का वडाध्यक्ष प्रल्हादमणि ओली, नाटाका कोशी प्रदेश अध्यक्ष उदय श्रेष्ठ, नेकपा माओवादी मेचीनगरका अध्यक्ष राजन चिमरिया, नेकपा एमालेका मेचीनगर अध्यक्ष राजु कार्की, यातायात ब्यवसायीका तर्फबाट डिल्लीराम घिमिरे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सर्भिस सेन्टरमा सवारी साधन मर्मत, पुराना सवारी साधन खरिद बिक्री, सम्पूणर् सवारी साधनका मोटर पार्टस बिक्री, गाडी रिजर्वको ब्यवस्था, सवारी साधन धुलाई तथा सरसफाई, बिद्युतीय सवारी साधन बिक्रीलगायतका सेवा रहेको कार्यकारी ब्यवस्थापक खापुङले जानकारी दिए ।
सेन्टरमा विद्युतिय सवारी साधानमा साइकल, स्कुटी र टेम्पो बिक्रीमा राखिएको सञ्चालक नारायण चोङबाङले बताए । उनले ८५ हजारदेखि १ लाख ३० हजारसम्मका साईकल, एक लाख ५० हजारदेखि ३ लाख १८ हजारसम्मका स्कुटी र ८ लाख ४० हजार रुपैयाँ पर्ने टेम्पो रहेको जानकारी दिए ।
सर्भिस सेन्टरका कार्यकारी ब्यवस्थापक ओमप्रकाश खापुङको अध्यक्षतामा भएको कार्यक्रममा एभरेष्ट अटो प्रालिका मेनेजिङ डाइरेक्टर मिलन लिम्बुले स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी भूमिका सुब्बाले गरेकी थिइन् ।

माई वल्र्ड रिकन्डिसन सर्भिस सेन्टरको वार्षिकोत्सवमा विद्युतीय सवारी उद्घाटन

चक्कु प्रहार गर्ने धिमाल नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *