२०८१ कार्तिक ६, २२:१२

पशुपति बोर्डिङ स्कूल काँकरभिट्टामा आजबाट ‘समर क्याम्प’ सुरु

मेचीनगर । मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आजदेखि ‘समर क्याम्प’ सञ्चालन गरेको छ ।

केही सातादेखि अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले ‘समर क्याम्प’ आयोजना गर्ने निर्णय गरेको थियो ।

बुधबार पहिलो दिन विद्यार्थीहरुले स्टेज डेकोरेशन गर्नुका साथै बिभिन्न रोचक नृत्य प्रस्तुत गरेका थिए  भने भोलि बिहीबार  ९:३० देखिनै बिभिन्न खेल प्रतियोगिता आयोजना हुने बिद्यालयका शिक्षक पुरन कोईरालाले जानकारी दिए ।आज भएको विभिन्न नित्य प्रतियोगिताहरुमा पनि उत्कृष्ट नित्य प्रर्दशन गर्दै कक्षा १की सेरिना कार्की  ”मिस फ्रेन्सर” उपाधि चुम्न सफल भईन्।

समर क्याम्पमा कप टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, , स्वीमिङ, लगायत बिभिन्न प्रतियोगिता आयोजना गरिने विद्यालयकी संस्थापक प्रिन्सिपल अनिता थापाले जानकारी दिनुभयाे।

अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले आज देखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्दै विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने लक्ष्य राखेको हो। कार्यक्रमकाे सन्चालन कक्षा ९ कि विद्यार्थी दक्षिणा बस्नेत र आठकी अन्शु ढकालले संयुक्त रुममा संचालन गरेका थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *