२०८१ कार्तिक ६, २०:३९

मेचीनगरका शिक्षकहरुलाई आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम

मेचीनगर । मेचीनगरका शिक्षकहरुका लागि आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम  आइतबार सम्पन्न भएको छ।

शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख, उपसचिव होमनाथ भण्डारीको प्रमुख आतिथ्यता एवम् पूर्व स्रोत व्यक्ति लोकबहादुर दाहालको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

मेची आँखा अस्पताल सैनिक मोड झापाको आयोजना तथा आई केयर फाउन्डेसन काठमाडौँको आर्थिक सहयोग र मेचीनगर नगरपालिकाको स्थानीय सहयोगमा सञ्चालित अभिमुखीकरण तालिमको सहजीकरण स्वास्थ्य शिक्षा अधिकृत युवराज बोहरा र ओपिडी सर्जन पुष्पराज अधिकारीले गरेका थिए।

तालिममा आँखाको काम, आँखाको प्रकार ,विश्व र नेपालमा यसको अवस्था, स्वास्थ्य आँखाका विशेषताहरू, आँखाका रोगहरूको उपचार पद्धति ,मोतियाबिन्दु ,जलबिन्दु , आँखा दानलगायतका विषयमा सहजीकरण गरिएको थियो ।

विद्यालयमा साना नानीहरूलाई भिटामिन ए युक्त खानेकुराहरू खुवाउनुपर्ने, पेन्सिल प्रयोग गर्ने बच्चाहरूले पेन्सिल दुवैतर्फ, नतिखार्न, र दृष्टि कमजोर भएका विद्यार्थीहरूलाई पहिलो अथवा दोस्रो बेन्चमा बसाई व्यवस्थापन गर्नका लागि समेत अनुरोध गरिएको थियो।

मेचीनगरका ३८ शिक्षक सहभागी तालिममा सहभागिका तर्फबाट केशवराज पोखरेलले आफ्नो धारणा राखेका थिए।

मेचीनगरका शिक्षकहरुलाई आँखा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण तालिम

रतुवा खोलाले बोलेरो बगाउँदा २ जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *