२०८१ कार्तिक ६, १७:०९
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटीसीले गर्‍यो यू १३ मा छनौट भएका ३ खेलाडीलाई विदाई

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले एन्फाद्वारा छनौट भएका अण्डर १३ मा परेका आफ्ना ३ जना खेलाडीलाई सम्मानसहित मंगलबार विदाई गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन बुढाथोकीलाई काँकरभिट्टा खेल मैदानमा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको हो ।
ट्रेनिङ सेन्टरका अध्यक्ष मीनकुमार बस्नेतको सभापतित्वमा सम्पन्न विदाई कार्यक्रममा झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष तथा टे«निङ सेन्टरका सल्लाहकार गंगालाल गुरुङले खेलाडीलाई उज्जवल भविष्यको कामनासहित शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नाइट चेस क्लबका उपाध्यक्ष राजु पौडेल, नगर खेलकुद विकास समिति मेचीनगरका सदस्य मानबहादुर तामाङ, काँकरभिट्टा फुटबल क्लबका उपाध्यक्ष विक्रम राई, प्रशिक्षक दिपक कार्की, समाजसेवी सुवास रम्तेललगायतको आतिथ्यता रहेको थियो ।
सेन्टरका उपाध्यक्ष नवराज ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव लाक्पा तामाङले गरेका थिए ।
नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गरेको अन्डर १३ फुटबल छनौटमा मेचीनगरका ६ सहित झापाबाट १५ जना खेलाडी छनौट भएका छन् ।
स्थानीय स्तरबाटै उत्कृष्ट प्रशिक्षण दिँदै आएको काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *