२०८१ कार्तिक ६, १६:२५
#खेलकुद #ब्रेकिङ न्युज

‘बी’ डिभिजन लिग च्याम्पियन बन्यो बाहुनडाँगी युथ क्लब

झापा । बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी युथ क्लब झापा जिल्लास्तरीय बी डिभिजन लिग च्याम्पियन बनेको छ । बिहीबार भएको फाइनल खेलमा बिर्तामोड युनाइटेड एफसीलाई पराजित गर्दै बाहुनडाँगी च्याम्पियन बनेको हो ।
विजेता बाहुनडाँगीले बाहुनडाँगीले उपाधिसहित नगद ३० हजार पायो भने उपविजेतामा समेटिएको बिर्तामोडले नगद १५ हजारमा चित्त बुझायो । बी डिभिजनबाट बढुवा भएको दुवै टोलीको आज फाइनल प्रतिस्पर्धा भएको थियो । जसमा बाहुनडाँगीले ३-२ गोलअन्तरले बिर्तामोडलाई पराजित गरेको हो ।
बिर्तामोडले सुरुवाती अग्रता लिएको थियो । तर, बिर्तामोडको अग्रता त्यति धेरै टिक्न सकेन । बिर्तामोडका लागि सुजन विश्वकर्माले खेलको २ मिनेटमै अग्रता दिलाएका थिए ।
तर, बाहुनडाँगीका रिक्की प्रधानले १४औँ मिनेटमा बराबरी गोल फर्काए । फेरि ३१औँ मिनेटमा नगरेन्द्र खत्रीले गोल गर्दै बिर्तामोडको अग्रता दोब्बर बनाए । पहिलो हाफको थप समयमा बिर्तामोडका रोशन गुरुङले आत्मघाती गोल गर्दा बाहुनडाँगी फेरि खेलमा फर्कियो ।
बाहुनडाँगीका लागि निणर्ायक गोल दोस्रो हाफको १४औँ मिनेटमा रिक्की प्रधानले गरे । उनी प्लेयर अफ दी म्याच र प्लेयर अफ दी टुर्नामेन्ट बन्दै नगद पुरस्कार पाउन सफल भए ।
यसैगरी, सर्वाधिक गोलकर्ता बिर्तामोडका सुजन विश्वकर्मा, उत्कृष्ट गोलरक्षक वाहुनडाँगीका अभिषेक लिम्बू र उत्कृष्ट प्रशिक्षक बाहुनडाँगीकै विमलराज पाण्डे र चन्द्र सुब्बा बने ।
उनीहरुलाई पूर्व प्रदेश सांसद बृख प्रधान, झापा जिल्ला फुटबलसंघका अध्यक्ष भगिरथ आले मामा, उपाध्यक्ष मनेष दाहाल, कोषाध्यक्ष भुपेन लिम्बू, सदस्य टेकराज तिलिङ, अमिर श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।
जीतपछि बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवन मोतेले विजेता खेलाडीलाई बधाई ज्ञापन गर्दै खेलमा देखाएको कौशलको प्रशंसा गरेका थिए । बाहुनडाँगी युवा क्लब बाहुनडाँगीमा हालै सम्पन्न कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोश्रो जेसीज कपको समेत च्याम्पियन बनेको थियो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *