२०८१ कार्तिक ६, १६:३४
#बैंक #ब्रेकिङ न्युज

नेपाल बैंक लिमिटेड र बिर्ता आइ एण्ड इएनटी हस्पिटल बीच सम्झौता सम्पन्न

झापा । नेपाल बैंक कर्मचारी संघको ३५ औँ स्थापना दिवसको अवसरमा नेपाल बैक लिमिटेड र बिर्तामोडमा रहेको बिर्ता आई एण्ड इएनटी हस्पिटल बीच स्वास्थ्य सेवामा छुटको सम्झौता भएको छ । जेष्ठ ७ गते नेपाल बैंक कर्मचारी संघको कोशी प्रादेशिक समितिको आयोजनामा झापाको विर्तामोडमा सम्पन्न भएको निःशुल्क स्वास्थ्य शिवीरका अवसरमा हस्पिटल र नेपाल  बैंक बीच सम्झौता भएको हो ।

सम्झौतामा नेपाल वैक लिमिटेडका तर्फबाट बैंकका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुख्य प्रवन्धक सूर्यप्रकाश भट्ट र अस्पताल प्रशासनकातर्फबाट शोभा बस्नेतले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारीलाई ओपीडी निःशुल्क गरिएको छ भने फार्मेशी सेवामा ५ प्रतिशत छुट, ल्याव परीक्षणमा ५ प्रतिशत छुट, चस्मामा २० प्रतिशत छुट र सर्जरी सेवामा १० प्रतिशत छुट अस्पतालले प्रदान गर्ने उल्लेख छ ।

त्यसैगरी नेपाल बैंक लिमिटेडका विरामी ग्राहक तथा कर्मचारीलाई विरामीको अवस्थाका आधारमा माथि उल्लेखित छुटमा अस्पतालले थप विशेष छुट सुविधा प्रदान गर्न सक्ने समेत सम्झौता पत्रमा उल्लेख गरीएको छ ।

नेपाल बैंक कर्मचारी संघ कोशी प्रादेशिक समितिको पहलमा सम्झौता सम्पन्न भएको हो ।

नेपाल बैंक लिमिटेड र बिर्ता आइ एण्ड इएनटी हस्पिटल बीच सम्झौता सम्पन्न

लागुऔषधसहित तीनजना मेचीनगरबाट पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *