२०८१ कार्तिक ६, १८:१९
#ब्रेकिङ न्युज #समाज

काँकरभिट्टा खानेपानीमा सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समूहको उम्मेद्वारी घोषणा

मेचीनगर । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आसन्न निर्वाचनका लागि सुदर्शन खड्काको नेतृत्वमा स्वतन्त्र खानेपानी उपभोक्ता समूहको प्यानल आइतबार घोषणा गरिएको छ । योसँगै काँकरभिट्टा खानेपानीको निर्वाचनमा त्रिपक्षीय भीडन्त हुने सम्भावना बढेको छ ।
काँकरभिट्टास्थित राष्ट्रिय स्वतन्त्र पार्टी निकट स्वतन्त्र समूहको तर्फबाट खड्कालाई अध्यक्षमा उम्मेद्वार घोषणा गरिएको हो । उपाध्यक्षमा कृष्ण सुवेदी (किरण), सचिवमा नरेन्द्र सिवाकोटी तथा कोषाध्यक्षमा सुधादेवी खड्काको उम्मेद्वारी घोषणा गरिएको छ । यसैगरी सदस्यहरुमा दिपेश तिवारी, राजकुमार गिरी, सुनिता सहनी र लक्ष्मी कटुवालले उम्मेद्वारी घोषणा गरेका छन् ।
यसैगरी, लेखा समितिको संयोजकमा भेषराज ओली र सदस्यमा बिनोद बानिँयाको उम्मेद्वारी घोषणा भएको छ । अन्य दलहरु गठबन्धन तथा विभिन्न समिकरण बनाएर चुनावी प्रक्रियामा सहभागी भइरहँदा स्वतन्त्र उम्मेद्वारहरु भने समुह निर्माण गरी चुनावको मैदानमा उत्र्न लागेका हुन् ।
खानेपानीको नयाँ नेतृत्व चयनका लागि आगामी जेठ २६ गते शनिबार निर्वाचन हुँदैछ । यस अघि नेपाली काँग्रेससहितका ५ दलको तर्फबाट रोहित बुढाथोकीको नेतृत्वमा लोकतान्त्रिक प्रगतिशिल साझा प्यानल, नेकपा एमाले र जनता समाजवादी पार्टीको तर्फबाट सन्तोष आचार्यको नेतृत्वमा प्रगतिशिल- समाजवादी प्यानल घोषणा भइसकेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *