२०८१ कार्तिक ६, १८:०५
#ब्रेकिङ न्युज

उद्घाटन खेलमा सुपर किङग्स विजयी : दोस्रो झापा महिला प्रिमियर लिग

मेचीनगर। शनिबारबाट काँकरभिट्टा स्थित तुर्केनी खेल मैदानमा सुरु भएको दोस्रो झापा महिला प्रिमियर लिग खेलमा एसके सुपर किङग्स विजयी भएको छ ।रीया शर्माले सर्वाधिक ५ विकेट लिने क्रममा १६ वलमा २२ रन बनाइन् । प्लेयर अफ द म्याच घोषित शर्माले १६ बलमा ३ चौका र एउटा छक्का प्रहार गरिन् ।

सुपर किङग्सले टस जितेर जम्मा ६० रनमा शर्मा र स्मृति कटुवालले साझेदारी गर्दै खेल उकासेका थिए । कटुवालले ४२ बलमा ३८ रन बटुल्न सफल भएकी थिइन् । कटुवालले ४ चौका र अन्य सिंगल तथा डवल रन ल्याकी थिइन् ।शर्माको अलराउण्ड प्रदर्शनका कारण मिलन क्रिकेट क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सुपर किङग्सले एलआर हन्टर्सलाई १३९ रनले पराजित गरेको हो ।

सुपर किङग्सले २० ओभरमा १५९ रनको लक्ष्य पछ्याएको हन्टर्सले ५ दशमलव ५ ओभरमा पुरै अलआउट भएर १९ रन मात्र बटुल्यो । हन्टर्सको लागि लकिता रजबंशीले सर्वाधिक ११ रन बनाइन् । प्रिया शर्माले ३ रन र ५ रन अतिरिक्त बनाए पनि जित्न पर्याप्त भएन ।प्रतियोगिता अन्तरगत आज एलआर हन्टर्स र एनएस वारियर्सबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष वीरु श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको प्रथम विजेतालाई नगद ५० हजार, दोस्रो विजेतालाई ३० हजारसहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने छ । मेनअफ द सिरिज १० हजार, वेष्ट व्याड्सवोमनलाई ५ हजार, वेष्ट बलरलाई ५ हजार र प्रत्यक खेलको म्यानअफद म्याचका खेलाडीलाई १५ सय प्रदान गरिने आयोजकले बताएको छ ।

उद्घाटन कार्यक्रममा क्रिकेट संघ कोशी प्रदेशका सदस्य नारद नेपाल, झापा जिल्ला क्रिकेट संघका सदस्य एवम् प्रशिक्षक हितेन श्रेष्ठ, मेचीनगर–६ का वडा सदस्य धुब्रकुमार राई, सूर्योदय अंग्रेजी माविका प्रिन्सिपल शिव मैनाली लगायत खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन खेलमा सुपर किङग्स विजयी : दोस्रो झापा महिला प्रिमियर लिग

२१ वर्ष अगाडि बेचेको ५१ बिघा जग्गा

Leave a comment

Your email address will not be published. Required fields are marked *