२०८१ कार्तिक ६, २०:५७

मेचीनगरबाट करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद

झापा, २७ बैशाख । मेचीनगर क्षेत्रबाट प्रहरीले करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद गरेको छ ।

बुधबार बेलुका ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरीको संयुक्त टोलीले मेचीनगर-७ स्थित धन्कुटे बस्तीमा परालको कुन्युमा लुकाइ राखेको अवस्थामा उक्त लाइटर बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन् ।

बरामद लाइटरको मूल्य दुई लाख ९० हजार रहेको प्रहरीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ । पछिल्लो समय मेचीनगर क्षेत्रबाट प्रहरीले अवैध समानहरु बरामद गरिरहेको छ ।

केहीदिन अघि मात्रै लाखौं मूल्य बराबरको अवैध लत्ताकपडा बरामद गरेको थियो । यसरी अवैध सामाग्री बरामद गर्न प्रहरी सफल भइरहेपनि अवैध सामाग्री ओसारपोसार गर्ने व्यक्तीसम्म भने प्रहरी पुग्न सकिरहेको छैन ।

मेचीनगरबाट करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद

५ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी

मेचीनगरबाट करिब ३ लाख मूल्य बराबरको अवैध लाइटर बरामद

मेचीनगरबाट १ लाख ४१ हजार ४ सय

Leave a comment

Your email address will not be published. Required fields are marked *