२०८१ कार्तिक ६, १६:३२
#खेलकुद #ब्रेकिङ न्युज

दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक

झापा । कार्गिल सहिद सुरेश क्षेत्रीको स्मृतिमा सम्पन्न दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको आय व्यय शनिबार सार्वजनिक गरिएको छ । बाहुण्डाँगी जेसीजले २०८० चैत १५ देखि २२ गतेसम्म आयोजना गरेको प्रतियोगिताको आय-व्यय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
प्रेस क्लब मेचीनगरको कार्यालय इट्टाभट्टामा भएको पत्रकार सम्मेलनमा बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँ, कोषाध्यक्ष नित्यनन्द चौलागाई, कार्यक्रम संयोजक सामुल राया, कार्यकारिणी उपाध्यक्ष सुष्मा मिश्र, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल लगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५१ हजार १ सय ६५ खर्च भएको जनाइएको छ । प्रतियोगिताको प्रथम पुरस्कार १ लाख एक हजार, दोश्रो पुरस्कार ५१ हजार रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न नेत्रराज क्षेत्रीले ३ लाख ५४ हजार, झापा गोल्डकपले ५० हजार र सुरज देवकोटाले ४५ हजार सहयोग गरेका थिए । अध्यक्ष बानियाँले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूणर्लाई धन्यवाद व्यक्त गरे ।

दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको आय-व्यय सार्वजनिक

सन्दीपको मुद्धा ‘हेर्न नमिल्ने’ मा

Leave a comment

Your email address will not be published. Required fields are marked *