२०८१ कार्तिक ६, २०:३६
#ब्रेकिङ न्युज

पढ्न क्यानाडा जाँदै हुनुहुन्छ ? यी कुरा अनिवार्य बुझ्नोस्

काठमाडौँ —क्यानडास्थित नेपाली राजदूतावासले क्यानडा आउनुअघि धेरै कुरा बुझ्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

राजदूतावासले अध्ययनका लागि क्यानडा जाने नेपाली विद्यार्थीहरूको सचेतनाका लागि एक सूचना जारी गरेको छ । राजदूतवासले विद्यार्थीहरूलाई  आफू पढ्ने कलेज/विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध  र स्वास्थ्य बिमा आदिका बारेमा पूर्ण अध्ययन गर्न अनुरोध गरेको छ ।

कलेज/विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्ने पनि राजदूतवासको भनाइ छ । त्यस्तै डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्न दूतावासले आग्रह गरेको छ । सामाजिक सञ्जालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिने भन्दै दूतावासले सचेत गराएको छ ।

त्यस्तै दूतावासले अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्ने जनाएको छ। दूतावासले सूचनामा भनेको छ, ‘पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के-कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ।

क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।’

क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ। जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ। त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दामुनिका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट जारी नगर्ने क्यानडा सरकारले नीति लिएको दूतावासले जनाएको छ।

पढ्न क्यानाडा जाँदै हुनुहुन्छ ? यी कुरा अनिवार्य बुझ्नोस्

दमकमा मसला गोदाममा आगलागी, करिब २० लाखको

Leave a comment

Your email address will not be published. Required fields are marked *