२०८१ कार्तिक ६, २३:४५
#ब्रेकिङ न्युज

प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त,भिडन्तमा गोली लागेर एक घाइते

झापा-लागुऔषध कारोबारीलाई पक्राउ गर्न खोज्ने क्रममा झापामा दोहोरो भिडन्त भएको छ । भिडन्तमा प्रहरीको गोली लागेर एक कारोबारी घाइते भएका छन् ।

झापा गाउँपालिका वडा नम्बर ३ स्थित नेपाल–भारत सीमानजिकै लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएको हो ।पक्राउ गर्न खोज्ने क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि सुरुमा पाँच राउन्ड हवाई फायर गरिएको थियो ।

पक्राउ परेका कारोबारीबाट १३० ग्राम खैरो हेरोइन र एकथान खुकुरीसमेत बरामद भएको ब्युरोका एसएसपी गोविन्द थपलियाले जानकारी दिएका छन् ।

प्रहरी र लागुऔषध कारोबारीबीच भिडन्त,भिडन्तमा गोली लागेर एक घाइते

रास्वपा उम्मेदवार मिलनको जमानत जफत

Leave a comment

Your email address will not be published. Required fields are marked *