२०८१ कार्तिक ६, १६:३०
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टा एफटिसीलाई एनपिओ रियल वर्ल्ड जापानले दियो खेल सामग्री

काँकरभिट्टा । एनपिओ रियल वर्ल्ड (एफसी रियल) जापानले काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई फुटबल खेल सामग्री हस्तान्तरण गरेको छ । शनिबार मेचीनगर-६ स्थित काँकरभिट्टा खेलमैदानमा आयोजित एक कार्यक्रमका बीच ट्रेनिङ सेन्टरलाई फुटबल सुज, बल, ग्लोब्स वितरण गरिएको हो ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर (मामा)को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एनपिओ रियल वर्ल्ड (एफसी रियल) जापानका तर्फबाट सचिव चिकाको मियामोता सन, अंग्रेजी शिक्षक काओरी हाताओरी सन, समर्थक टोयोको सन, रियल वल्र्ड नेपालका अध्यक्ष बालगोपाल साहुखोला, सचिव विक्रम श्रेष्ठ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङ, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेत, नाइट चेस क्लबका वरिष्ठ उपाध्यक्ष राजु पौडेललगायतको आतिथ्यता रहेको थियो ।
संस्थाका सल्लाहकार समिति सदस्य गंगालाल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाका महासचिव लाक्पा तामाङले गरेका थिए ।

काँकरभिट्टा एफटिसीलाई एनपिओ रियल वर्ल्ड जापानले दियो खेल सामग्री

प्रमोद खरेल आज बाहुनडाँगी महोत्सवमा आउने

Leave a comment

Your email address will not be published. Required fields are marked *