२०८१ कार्तिक ६, १६:२०
#कोशी #ब्रेकिङ न्युज #समाज

बाहुण्डाँगी जेसीजको क्यालेण्डर बिमोचन

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको २०८१ सालको क्यालेण्डर बिमोचन गरिएको छ । शुक्रवार मेचीनगर ४ मा रहेको भिरपाखा रिसोर्टमा आयोजित एक समारोहमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष तथा बाहुण्डाँगी जेसीजका निरुपित उपाध्यक्ष बहादुर तामाङले क्यालेण्डर बिमोचन गरेका हुन् ।

बाहुण्डाँगी जेसीजका लागि निरुपित उपाध्यक्ष तामाङको बार्षिक कार्यक्रम शाखा भ्रमणको क्रममा बाहुण्डाँगी आउनु भएको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका तामाङले बाहुण्डाँगी जेसीजले यस वर्ष जेसीज अभियानमा फरक पहिचान बनाउँदै निरन्तर सफलता प्राप्त गरेको बताउनु भयो । साथै उहाँले आफ्नो क्षेत्रमा मात्र होइन नेपाल जेसीजकै शाखाहरुमा धेरै उत्कृष्ट कार्यक्रम गर्न सफल भएकोमा आफु खुसी भएको बताउनु भयो । उहाँले शाखा भ्रमणको क्रममा नेपाल जेसीजले गर्ने विभिन्न कार्यक्रमहरु बाहुण्डाँगीले पनि गर्न तयार रहन आग्रह गर्नु भयो । तामाङले नेपाल जेसीजबाट आएको विभिन्न सर्कुलरहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

शाखाका अध्यक्ष देबु बानियाँको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य गीता लुङ्गेली, पूर्व अध्यक्ष जीवन मोते, निवर्तमान अध्यक्ष केवल निरौलाले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा व्यवसायी युवराज गिरी, कमल गोले, समिर राई, मञ्जिल देवानलगायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

बाहुण्डाँगी जेसीजको क्यालेण्डर बिमोचन

प्रमोद खरेल आज बाहुनडाँगी महोत्सवमा आउने

Leave a comment

Your email address will not be published. Required fields are marked *