२०८१ कार्तिक ६, १७:३२
#ब्रेकिङ न्युज #स्वास्थ

इटाभट्टामा त्रिलोचन एण्ड हरिमाया क्लिनिकको सेवा सुरु

मेचीनगर । मेचीनगर-७ स्थित इटाभट्टामा त्रिलोचन एण्ड हरिमाया क्लिनिकको सेवा बिहीबारदेखि शुरु भएको छ ।
क्लिनिकले १ महिनासम्म निःशुल्क सुगरको जाँच, दुर्घटनामा परेका विरामीका लागि १ महिनासम्म औषधि बाहेकको सेवा निःशुल्क, कन्सलटेन्ट डाक्टरबाहेक निःशुल्क ओपिडी सेवाको व्यवस्था गरिएको सञ्चालक पवन भण्डारीले जानकारी दिए । ल्याबमा ३० प्रतिशतसम्मको छुट, गर्भवती महिलाको लागि एएनसी प्रोफाइलमा ५० प्रतिशत छुट, डिजिटल एक्स-रेमा २० प्रतिशत छुट, फार्मेसीमा ५ देखि ८ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ । क्लिनिकले २४ सै घण्टा इमरजेन्सी, प्याथोलोजी, फार्मेसी, इसिजी, एक्सरे र अक्सिजन सेवा दिने जनाएको छ ।
क्लिनिकको उद्घाटन मेचीनगर-७ का वडा सदस्य मिनमाया सुब्बाको उपस्थितिमा सञ्चालक भण्डारीका पिता त्रिलोचन र माता सरिमाया भण्डारीले रिवन काटेर गरेका थिए ।

इटाभट्टामा त्रिलोचन एण्ड हरिमाया क्लिनिकको सेवा सुरु

बाहुनडाँगीमा नौमती बाजा प्रशिक्षण समापन

इटाभट्टामा त्रिलोचन एण्ड हरिमाया क्लिनिकको सेवा सुरु

प्रतिभाले गर्दै “सुमधुर गजल साँझ”

Leave a comment

Your email address will not be published. Required fields are marked *