२०८१ कार्तिक ६, १८:२५
#ब्रेकिङ न्युज

तीन दिन सिमा नाका बन्द हुदै

बैशाख ११,झापा । भारत पश्चिम बंगालको दार्जिलिङमा हुन लागेको लोकसभा निर्वाचनका लागि झापा र इलामका सिमा नाका बन्द हुने भएको छ ।

यहि बैशाख १४ गते शुक्रबार दार्जिलिङ जिल्लामा हुन लागेको लोकसभा निर्वाचनका लागि भारतसँग सीमा जोडीएको झापा र इलामका नाका आज साझँबाट शनिबार विहानसम्म बन्द हुने भएको हो ।

आज बेलुका ६ बजेदेखि १५ गते शनिबार विहान ६ वजेसम्म झापाको भद्रपुरदेखि इलामको सिमाना सलकपुरसम्म नाका बन्द हुने इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी मिमबहादुर लामाले जानकारी दिनुभयो ।

भोलिदेखि शनिवार बिहानसम्म झापाको भद्रपुर, काकरभिट्टा, इलामको पशुपतिनगर लगायतका सिमानाका बन्द हुने डिएसपी लामाले जानकारी दिए ।

तीन दिन सिमा नाका बन्द हुदै

”प्रश्नोत्तर”

Leave a comment

Your email address will not be published. Required fields are marked *