२०८१ कार्तिक ६, १६:१७
#साहित्य

”प्रश्नोत्तर”

के गरे बन्छ स्वदेश ? उद्यमी हुनुपर्दछ

कृषि उद्योगमा क्रान्ति गरे नै देश बन्दछ ।।१

सुधार्ने हो भने छात्र गुरुले गर्नुपर्छ के ?

डर- त्रास दिई हुन्न प्रेमले जित्नुपर्छ रे ।।२

 

कुन हो गहना श्रेष्ठ हुन्छ सुन्दर जीवन ?

अनुशासन हो एक अरू खोज्नुपर्यो किन ?।।३

दीर्घजीवी हुनेगर्छ कस्तो मानिस लौ भन ?

दूर गर्दछ जो चिन्ता गर्छ कर्म निरन्तर ।।४

 

सुख- शान्ति र आनन्द पाइने स्थान हो कुन ?

आफैँभित्र छ सम्पूर्ण शुद्ध पार्नु पर्यो मन ।।५

मृत्युपश्चात् सधैँ बाँच्न कसले जुक्ति जान्दछ ?

जसले मोह त्यागेर सेवा नै धर्म ठान्दछ ।।६

 

कुन मन्दिरमा ईश भेटिन्छन् गर्न दर्शन ?

पितामाता घरैमा छन् खोज्नु ईश्वर लौ किन ?७

 

छन्दोबध्द कविता,हरिप्रसाद पौड्याल

मे न पा १०, धुलाबारी

”प्रश्नोत्तर”

तीन दिन सिमा नाका बन्द हुदै

Leave a comment

Your email address will not be published. Required fields are marked *