२०८१ कार्तिक ६, १८:२०
#ब्रेकिङ न्युज

सुनको सिक्री थुतेर भाग्दै गर्दा मेचीनगरमा एकजना पक्राउ

मेचीनगर-झापाको मेचीनगरमा सुनको सिक्री थुतेर भाग्दै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका- १३ स्थित तेलीवारि निवासी ३९ वर्षीय दिवस राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

सोमबार साँझ ७ः२५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत मेचीनगर- १३ स्थित श्रीनाथ पेट्रोल पम्पनजिक पैदल हिँडिरहेकी मेचीनगर- १२ सहरेडाँगी निवासी २१ वर्षीया रचना आङदम्वेले घाँटीमा लगाएको एक तोला सुनको सिक्री थुतेर साइकलमा भाग्दै गर्दा राजवंशी पक्राउ परेको डीएसपी चन्दले बताए ।

साइकल चढेर आएका अपरिचित व्यक्तिले महिलाको घाँटीबाट सुनको सिक्री थुती भागेको सूचना प्राप्त भएसँगै जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले राजवंशीलाई भाग्दै गरेको अवस्थामा फुलवासा खोलाबाट पक्राउ गरेको थियो ।

सुनको सिक्री थुतेर भाग्दै गर्दा मेचीनगरमा एकजना पक्राउ

काँकरभिट्टाबाट लागूऔषधसहित एकजना पक्राउ

सुनको सिक्री थुतेर भाग्दै गर्दा मेचीनगरमा एकजना पक्राउ

”प्रश्नोत्तर”

Leave a comment

Your email address will not be published. Required fields are marked *