२०८१ कार्तिक ६, १८:२६
#ब्रेकिङ न्युज

कतारका राजा शेख तमिम भोलि नेपाल आउने

काठमाडौ-राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।

यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यसूची तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो अवसरमा राष्ट्रपति पौडेलले उनको सम्मानमा राजकीय भोजको आयोजना गर्नेछन्।

अमिर शेख तमिमले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। वार्तापछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा संयुक्त रूपमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ ।  उनी बुधबार राति नै नेपालबाट स्वदेश फर्किने छन्।

कतारका राजा शेख तमिम भोलि नेपाल आउने

मेचीनगरमा १ सय ५० जना क्षयरोगीका विरामी

Leave a comment

Your email address will not be published. Required fields are marked *