२०८१ कार्तिक ६, १८:१५
#ब्रेकिङ न्युज

बिर्तामोडमा कार दुर्घटनामा परेर मृत्यु भएका रोका सडकमा आश्रित बालक रहेको खुलसा

बिर्तामोड, बैशाख ९ । हिजो राति बिर्तामोड मुक्तिचोकमा कार दुर्घटनामा परेर आज बिहान ज्यान गुमाएका सन्तोष रोका सडकमा आश्रित बालक रहेको खुलेको छ ।

सरसफाइ अभियन्ता विष्णु आचार्यका अनुसार झापा अर्जुनधारा–११ कालीझोडाका गोपाल रोकाका छोरा ११ वर्षीय सन्तोष एक वर्षयता बिर्तामोडका सडक तथा गल्लीमा बस्दै आएका थिए ।

सन्तोषलाई भारतको दार्जिलिङबाट उद्धार गरेर अघिल्लो वर्ष परिवारलाई जिम्मा लगाइएको थियो । लामो समय परिवारबाट बिछोड भएका कारण घर बस्न नमानेका सन्तोष बिर्तामोडको सडककिनार र खुला आकाशमा दिनरात बिताउँदै आएका थिए ।

उनलाई दुईपटक उघार गरेर बालआश्रममा लगिएको भए पनि त्यहाँबाट भागेर उनी सडकमै आश्रय लिँदै आएका थिए । कुलतको दलदलमामा फसेका उनको अधिकांश समय मुक्तिचोक, अदुवापुल, पश्चिम बस स्ट्यान्ड र मार्केटको गल्लीमा बित्दै आएको थियो ।

हिजो राति १०ः३० बजेको समयमा बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००२ च १९० नम्बरको कारले सडकमा हिँडिरहेका रोकालाई ठक्कर दिएको थियो ।

टाउको र दुबै हातखुट्टामा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिएन्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ः०० बजे मृत्यु भएको थियो । Source:  Jhapa Today

Leave a comment

Your email address will not be published. Required fields are marked *