२०८१ कार्तिक ६, १६:२१
#ब्रेकिङ न्युज #मनाेरन्जन

बाहुनडाँगी महोत्सवमा आज सुगम पोखरेलको गीत गुञ्जिने

मेचीनगर । बाहुनडाँगी महोत्सवमा शनिबार गायक सुगम पोखरेल आउने भएका छन् । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी महोत्सवलाई संगीतमय बनाउन साँझ गायक सुगम पोखरेलले प्रस्तुति दिनेछन् ।
गायक सुगम पोखरेलले चर्चित गीतहरु ‘मायाले बोलेको बोली मीठो भो, रहर छ सँगै हुने तिमी सँग, के यो माया हो’ गाउनेछन् । बाहुनडाँगीमा २०८० चैत ३० देखि सञ्चालन भएको महोत्सव २०८१ वैशाख १६ गतेसम्म हुनेछ ।
स्थानीय कलाकारको प्रस्तुति रहने महोत्सवमा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरीको स्टल समेत राखिएको छ । महोत्सवमा गायक कमल खत्री, महेश काफ्ले, निशान भट्टराई, विजय तामाङ माइला, गायिका तृष्णा गुरुङलगायतले प्रस्तुति दिइसकेको बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए ।
बाहुनडाँगी गोल्डकप गर्ने योजना रहेको क्लबले खेलकुदलाई प्रोत्साहनको गर्दै आएको छ । वि.सं. २०४० सालमा स्थापना भएको बाहुनडाँगी युवा क्लबले संस्थापक अध्यक्ष स्व. फन्दासिंह पाण्डेको स्मृतिमा फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ । ९९ सय जना सदस्य रहेको बाहुनडाँगी युवा क्लब हालै बाहुनडाँगीमा सम्पन्न कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोश्रो जेसीज फुटबल प्रतियोगितामा सहभागी भई च्याम्पियन बनेको थियो ।

बाहुनडाँगी महोत्सवमा आज सुगम पोखरेलको गीत गुञ्जिने

झापामा सहकारी चोरी गर्ने गिरोह नियन्त्रणमा

Leave a comment

Your email address will not be published. Required fields are marked *