२०८१ कार्तिक ६, २०:३४
#ब्रेकिङ न्युज

क्लब अफ दमकद्वारा झापा कारागारमा कार्पेट र म्याट सहयोग

दमक – दमकको एउटा लायन्स क्लबले झापा कारागारमा सहयोग गरेको छ । लायन्स क्लब अफ दमक सेवीकाले झापा कारागारको महिला बन्दी गृहमा कार्पेट र म्याट उपलब्ध गराएको हो ।

लायन्स क्लब अफ दमक सेवीकाकी संस्थापक अध्यक्ष समेत रहनु भएकी दमक नगर उप प्रमुख रेगिना भट्टराईले कारागारमा बन्दि जिवन बिताईरहेका महिलाहरुको बसाई कष्टकर देखेपछि सहयोगको लागी लायन्स लाई आग्रह गर्नु भएको थियो ।

दमक नगर उप प्रमुखको आग्रह बमोजिम सेवीका सहित नेपाली कांग्रेस दमक नगर सभापति प्रकास प्रसाईं र ब्यवसाई सुमन काफ्लेले करिब ८० हजार रुपैयाँ मुल्य बराबरको कार्पेट र म्याट उपलब्ध गराउनु भएको हो । उक्त कार्पेट र म्याट कारागारमै पुगेर हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष सोभा बस्नेतको अध्यक्षता र दमक नगर उप प्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरि उक्त सामाग्रि हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै दमक नगर उप प्रमुख भट्टराईले बिभिन्न परिबन्धले जेल परे पनि सबै नागरिकको मानव अधिकार हुने बताउनु भयो । मानवीयताको नाताले पनि सहयोग उपलब्ध गराईएको बताउनु भयो । कार्यक्रममा बोल्दै लायन्स क्लब अफ दमक सेवीकाकी अध्यक्ष सोभा बस्नेत.सचिब रक्षा सुबेदीले कैदी जिवन बिताउन रहर नभए पनि परिस्थितिले कैद परेका मानिसहरुलाई जहाँ भए पनि सहयो गर्नु पर्ने बताउनु भयो ।

कार्य क्रममा स्वागत मन्तव्य राख्दै दमक नगरपालीका न्यायीक समिति सदस्य शोभा बेलबासेले दमक नगर उप प्रमुख रेगिना भट्टराईको पहलमा कारागार सम्म सहयोगका लागी आईपुगेको बताउनु भयो । उहाँले सबै नागरिकको मानव अधिकार समान हुने भन्दै बन्दि जिवन भए पनि जिवन जिउने आधारभुत कुरा हुनु पर्ने बताउनुभयो । कार्यक्रममा महिला बन्दि गृहका लागी उपलब्ध गराईएको कार्पेट र म्याट महिला बन्दि गृहकी सुरक्षा प्रमुख रिता लिम्बुलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा लायन्स क्लब अफ दमकका सदस्यहरुको उपस्थिति रहेको थियो ।

क्लब अफ दमकद्वारा झापा कारागारमा कार्पेट र म्याट सहयोग

मेचीनगर -८ प्रतिभा टोल विकास संस्थाले आज

Leave a comment

Your email address will not be published. Required fields are marked *