२०८१ कार्तिक ७, ००:३३
#ब्रेकिङ न्युज

दुई भारतीय धावक नेपालमा, मेचीमहाकाली हुँदै केदारनाथ पुग्ने लक्ष्य

मेचीनगर । झण्डै १९ सय किलोमिटर दौडिएर यात्रा गर्ने उद्धेश्यका साथ सोमबार भारतको वेस्ट बंगाल स्थित कालिम्पोङबाट दौड शुरु गरेका दुई भारतीय धावक नेपाल आइपुगेका छन्।

“रन फर हेल्थ” को नारा दिएर जलढाका कालिम्पोङबाट यात्रा शुरु गरेका नोर्देन तामाङ र अनुस शर्मा आज बिहान काकडभिट्टा आइपुगेका हुन्। उनिहरुलाई मेची पुलमै पुगेर वडा नम्बर -६ का अध्यक्ष ललित बहादुर तामाङ , देही आर्ट काकडभिट्टाका सञ्चालक छितेन लामा , साइक्लिङ ग्रुप विर्तामोडका सदस्यहरु लगायतले खादा लगाएर स्वागत गरेका छन्।

धावकद्वय नोर्देन तामाङ र अनुश शर्मालाई नेपालको राष्ट्रिय झण्डा उपहार दिँदै अध्यक्ष तामाङले यात्रा सफलताको शुभकामना दिँदै काकडभिट्टाबाट बिदाइ गरेका हुन्। मेचीमहाकाली हुँदै करिब १९०० किलोमिटर दौड यात्रामा निस्किएका धावकहरुले दैनिक ६० देखि ६५ किलोमिटर सम्म दौडिने र४० देखि ४५ दिनमा केदारनाथ पुग्ने लक्ष्य रहेको सहजकर्ता गोपाल गुरुङले जानकारी दिए।

अहिले युवा पुस्ता लागूऔषध दुर्व्यसनीमा लागेर जिन्दगी नै बर्बाद पारिरहेको अवस्थामा युवाहरूलाई खेलकुद, दौडमा आकर्षण गराउने र नेपाल हुँदै सकारात्मक सन्देश प्रवाह गर्ने उद्धेश्यका साथ दौडमा निस्किएको समेत गुरुङले बताए ।दौड यात्रामा निस्किएका उनिहरुलाई विर्तामोड सम्म साइक्लिङ टिमले स्कटिङ गरेको थियो ।

त्यस्तै पटकपटक नेपाल आएपनि दौडँदै पहिलोपटक नेपाल आएको बताउँदै धावक नोर्देन तामाङले नेपाल -भारत कुनै दुश्मन नभएर मैत्री देश र भाइचाराको सम्बन्ध रहेको बताए । उनले आफुलाई नेपालको अथाह माया रहेको र नेपालीहरु साँच्चै सहयोगी भावनाको रहेको भन्दै खुसी व्यक्त गरे।

 

 

दुई भारतीय धावक नेपालमा, मेचीमहाकाली हुँदै केदारनाथ पुग्ने लक्ष्य

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै

Leave a comment

Your email address will not be published. Required fields are marked *