२०८१ कार्तिक ६, १८:११
#ब्रेकिङ न्युज

मेची पुलबाट लागुऔषधसहित एकजना पक्राउ

झापा- भद्रपुरस्थित मेची पुलबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमकका दिलिप महत रहेका छन् ।

फरक क्षमता भएका महतले बायाँ खुट्टाको तिघ्रामा कालो प्लास्टिकभित्र लुकाइछिपाइ टेपले बाँधेर ल्याएको २४ पिस लुपिगेसिक, २४ पिस डायजेपाम र २४ पिस फेनेर्गन लागुऔषध भेटिएको थियो ।

भद्रपुर नगरपालिका–५ स्थित प्रहरी बिट मेचीपुलमा खटिएको प्रहरी टोलीले सोमबार साँझ साढे ७ बजेको समयमा भारतबाट नेपालतर्फ पैदल हिँडेर आउँदै गरेको अवस्थामा दमक–५ का ३५ वर्षीय दिलिप महतलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मेची पुलबाट लागुऔषधसहित एकजना पक्राउ

आगलागीबाट दमकमा २ करोडको क्षति

Leave a comment

Your email address will not be published. Required fields are marked *