२०८१ कार्तिक ६, १६:११
#खेलकुद #ब्रेकिङ न्युज

गोर्खामा हुने यू–१३ ओसन कपका लागि काँकरभिट्टाबाट गरियो खेलाडीलाई विदाई

काँकरभिट्टा । गोर्खामा हुने नवौँ यु–१३ ओसन कपमा झापाको प्रतिनिधित्व गर्ने काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका खेलाडीलाई विदाई गरिएको छ । मंगलबार काँकरभिट्टाको खेलमैदानमा एक कार्यक्रमकाबीच खेलाडीलाई खादालगाएर विदाई गरिएको हो ।
चर्चित क्लबहरु सम्मिलित प्रतियोगितामा भाग लिन काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मिनकुमार बस्नेतको नेतृत्वमा टिम गोर्खा प्रस्थान गरेको हो । अध्यक्ष बस्नेतले टिमले उपाधि लक्ष्यसहितको तयारी गरेको बताए । उनले अघिल्लो संस्करणमा पनि सहभागी भएर अनुभव बटुसकेकोले यो संस्करणमा जीत नै प्रमुख लक्ष्य रहेको बताए ।
विदाई कार्यक्रममा प्रदेश सांसद गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मगर ‘मामा’, मेचीनगर–६ का वडाध्यक्ष ललितबहादुर तामाङ, मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष भूमि पौडेललगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन शेरबहादुर बस्नेतले गरेका थिए ।

गोर्खामा हुने यू–१३ ओसन कपका लागि काँकरभिट्टाबाट गरियो खेलाडीलाई विदाई

मेची पुलबाट लागुऔषधसहित एकजना पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *