२०८१ कार्तिक ६, २१:००
#ब्रेकिङ न्युज

 झापामा एउटै टोलबाट मोटरसाइकल र पाँचवटा मोबाइल चोरी

झापा – बाह्रदशीस्थित रिमालचोकको एउटै टोलबाट एउटा मोटरसाइकल र पाँचवटा मोबाइल चोरी भएको छ ।

हिजो राति ध्रुव निरौलाको घरबाट मे. ९ प ८१४ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एउटा मोबाइल चोरी भएको हो । निरौलाको घरमा पाहुना आएका पुजन मिश्रको मोटरसाइकल र मोबाइल चोरी भएको हो ।

त्यस्तै, निरौलाका छिमेकी गणेश पाण्डे र सविता बानियाँको घरबाट दुईदुईवटा मोबाइल चोरी भएको बाह्रदशी ३ का जनप्रतिनिधि लक्ष्मी निरौला अधिकारीले बताइन् । अधिकारीका अनुसार घटनाबारे इलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराइएको छ ।

 झापामा एउटै टोलबाट मोटरसाइकल र पाँचवटा मोबाइल चोरी

धुलाबारीबाट ब्राउन सुगर सहित एक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *