२०८१ कार्तिक ६, १८:२०
#समाज

बाहुनडाँगीमा १० दिने नौमती बाजा प्रशिक्षण शुरु

बाहुनडाँगीमा १० दिने नौमती बाजा प्रशिक्षण कार्यक्रम सोमबारदेखि शुरु भएको छ । चैत १९ देखि २०८१ वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रशिक्षणलाई मेचीनगर–४ को आर्थिक सहयोग रहेको छ ।
दलित उत्थान क्षमता अभिवृद्धि उपभोक्ता समितिको आयोजनामा भएको प्रशिक्षणको प्रमुख आतिथ्य निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीको रहेको थियो । कार्यक्रममा मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, वडा सदस्य पवन बराइली, धनमाया कोइराला, पूर्व दलित महिला सदस्य कमला मोते, नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ठ तिवारी, नेकपा एमाले वडा कमिटि अध्यक्ष तिर्थराज नेपालको आतिथ्यता रहेको थियो ।
नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिममा २५ देखि ३० जनाको सहभागिता रहेको छ । नौमती बाजा सिकाइ तथा प्रशिक्षण तालिमले संस्कृतिको संरक्षणसँगै सीप सिकेर आत्मनिर्भर बनाउने जनाइएको छ ।
प्रशिक्षक चन्द्रकला ढकाल, भुपेन्द्र दर्नाल, मनिषा सिटौला, गोमा सेडाइले नौमती बाजाको प्रशिक्षण गराउनेछन् ।

बाहुनडाँगीमा १० दिने नौमती बाजा प्रशिक्षण शुरु

चन्द्रगढीलाई हराउँदै बाहुनडाँगी फाइनलमा

बाहुनडाँगीमा १० दिने नौमती बाजा प्रशिक्षण शुरु

बुधबार झापाका गिरीसहित ५ जनालाई विशे नगर्ची

Leave a comment

Your email address will not be published. Required fields are marked *