२०८१ कार्तिक ९, ००:०३
#ब्रेकिङ न्युज

मेची नदीमा एक जना मृत फेला,भारतीय भएको आशङ्का

झापा । नेपाल-भारत भएर बग्ने मेची नदीमा एक जना मृत फेला परेको छ ।

भद्रपुर नगरपालिका-३ स्थित बैसाबारीमा अन्दाजी ४० वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुल मुनि आइतबार दिउँसो करिब १ बजेको समयमा शव फेला परेको हो । शवको सनाखत भएको छैन ।

शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ । बैसाबारीका स्थानीयले मृत फेला परेको व्यक्ति भारतीय नागरिक भएको आशङ्का गरेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *