२०८१ कार्तिक ६, २१:३२
#ब्रेकिङ न्युज

पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु

झापा । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शनिबार दिउँसो झापाको बिरिङ पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।

कनकाई नगरपालिका-८ बिरिङ पुलमा शनिबार दिउँसो साढे ४ बजे लक्ष्मीपुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्रदेश-१-०१-०१२ प ५७७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक मेचीनगर- ९ का ३८ वर्षीय गोपाल महत, मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका- ३ की २७ वर्षीया पूर्णिमा भण्डारी, उनका छोराहरू ८ वर्षीय प्रशान्त भण्डारी र ८ महिनाको प्रशान भण्डारी घाइते भएका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *