२०८१ कार्तिक ६, १८:०७
#ब्रेकिङ न्युज #समाज

नकलबन्दा साकोसको अध्यक्षमा केशरप्रसाद तिम्सिना

मेचीनगर । नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष केशरप्रसाद तिम्सिना निर्वाचित भएका छन् । संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि तिम्सिना अध्यक्षमा चयन भएका हुन् ।
१६ औँ वार्षिक साधारणसभाबाट गठित निर्वाचन प्रक्रियामा अध्यक्ष पदका लागि दुई जनाको उम्मेद्वारी दर्ता भएको थियो । अध्यक्षका उम्मेद्वार होमराज गुरुङले उम्मेद्वारी फिर्ता लिएपछि समिति सर्वसम्मत भएको थियो ।
कार्यसमितिको उपाध्यक्षमा माया प्याकुरेल निर्वाचित भएकी छिन् । सदस्यहरुमा नारायण खड्का, हिरालाल शर्मा पुरोहित, तारा बस्नेत आचार्य, मायादेवी खड्का गेलाल, इन्द्रबहादुर तामाङ, टंकबहादुर मगर, भानुभक्त गौतम र रुद्रमाया शिवाकोटी निर्वाचित भएका छन् भने सचिव कार्यालय प्रमुख पदेन सदस्य रहने निर्वाचन समिति संयोजक प्रकाश खड्काले जानकारी दिए ।
त्यसैगरी, टेकबहादुर धिमालको संयोजकत्वमा ३ सदस्य लेखा सुपरिबेक्षण समिति निर्वाचित भएका छन् । सदस्यहरुमा प्रज्वल बस्नेत र अन्जु थापा रहेका छन् ।
निर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रम शनिबार सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक मेघराज गेलालको प्रमुख आतिथ्यता रहेको थियो । निर्वाचन समिति प्रकाश खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष होमराज गुरुङ, पूर्व लेखा समिति संयोजक डम्बर बहादुर मगर, पूर्व कर्जा समिति संयोजक कृष्णबहादुर राई, पूर्व उपाध्यक्ष तारादेवी खड्का र सहव्यवस्थापक सुरज तामाङको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले गरेका थिए ।

संस्थाले सहकारी सुपथ कृषि पसल सञ्चालनमा ल्याएको छ । संस्थाले सदस्य मृत्यु राहत सहयोग, सदस्य परिवारमा राहतसहित समवेदना, सुत्केरी पोषण कार्यक्रम, मुटु तथा मृगौला उपचार सहयोग कार्यक्रम, रेमिट्यान्स सेवा सञ्चालन गर्दै आइरहेको संस्थाका व्यवस्थापक महेन्द्रबहादुर कुँवरले जानकारी दिए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *