२०८१ कार्तिक ७, ०३:३२
#ब्रेकिङ न्युज

प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि प्रेस सेन्टर नेपाल झापाले निर्वाचन लक्षित बैठक बुधबार सम्पन्न गरेको छ ।

महासंघको नयाँ नेतृत्व चयनका लागि सहमतीय प्रक्रियाबाट अघि बड्ने र आवश्यक परे निर्वाचनमै जाने बुधबार बिर्तामोडमा सम्पन्न भेलाबाट निर्णयसमेत पारीत गरेको हो ।

बैठकले निर्वाचनलाई मर्यादित र ब्यवस्थित बनाउन ४ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले सेन्टरका झापा अध्यक्ष राजु पाठक संयोजक तथा पुष्प खड्का,  झुलन रेग्मी सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन परिचालन तथा वार्ता समितिमा गठन गरेको छ ।

त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्व तथा  लीलाराज झापाली र उद्धव पुरी सदस्य रहने गरी अनुगमन उपसमिति एबम् प्रकाश उप्रेती संयोजक रहने गरी २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको प्रेस सेन्टर नेपाल झापाका सचिव पुष्प खड्काले जानकारी दिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापाली, प्रदेश सदस्य डिकेश लामाको आतिथ्यमा सम्पन्न भएको थियो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न बैंठकको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *