२०८१ कार्तिक ६, १८:२०
#कोशी #ब्रेकिङ न्युज

मेजसा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा राजकुमार दाहाल

मेचीनगर । मेची जनसाधारण माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा राजकुमार दाहाल चयन भएका छन् । विद्यालयमा आयोजित पूर्व विद्यार्थीको भेलाबाट दाहालको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन भएको हो । दाहाल महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष समेत हुन् ।
समितिको महिला उपाध्याक्षमा उर्मिला खतिवडा निरौला, उपाध्यक्षमा जगन्नाथ भण्डारी, सचिवमा चन्द्रशेखर गुरागाई, सहसचिवमा प्रमोद भट्टराई तथा कोषाध्यक्षमा अम्बिका खवास बाँस्तोला चयन भए । त्यसैगरी, सदस्यहरुमा प्रेम प्रधान, नगेन्द्रप्रसाद रिजाल, जीवन गौतम, नवराज बाँस्तोला, सलिना धमला, अचला निरौला, अम्बिका खत्री चयन भएका हुन् ।
भेलाले रुद्र अधिकारीको संयोजकत्वमा ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सदस्यहरुमा हिम्मत क्षेत्री, पासाङ तामाङ, ऋषिराम गुरागाई, पोषककुमार मोते चयन भएको जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र न्यौपानेको अध्यक्षतामा बसेको बैठकको सञ्चालन विद्यालयका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *