२०८१ कार्तिक ७, ०५:१८
#ब्रेकिङ न्युज

काँकडभिट्टा हुँदै मन्त्रीस्तरिय वार्तामा सहभागि हुन बङ्गलादेशका पारवहनमन्त्री नेपालमा

काँकडभिट्टा- बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी स्थलमार्गबाटै नेपाल आएका छन्। मन्त्री चौधरि नेपालको पूर्वीनाका काँकडभिट्टा हुँदै मन्त्रीस्तरिय वार्तामा सहभागि हुन नेपाल आएका हुन्।

मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौँमा आजदेखि आयोजना हुने नेपाल र बङ्गलादेशबीच मन्त्रिस्तरीय वार्तामा सहभागी हुन बङ्गलादेशी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पारवहनमन्त्री चौधरी काँकडभिट्टाको स्थलमार्ग हुँदै नेपाल आएका हुन्।

सो अवसरमा मन्त्री चौधरीले सुक्खा बन्दरगाहको अवलोकन गरेका थिए। मन्त्री चौधरीलाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी र काँकडभिट्टा सुक्खा बन्दरगाहका प्रमुख अम्बिका सुवेदीले नेपाल तथा बङ्गलादेशबीचको पारवहन मार्गको सञ्चालन, द्विदेशीय व्यापारलगायत विषयमा जानकारी गराएका थिए।नेपाल आउनुअघि उनले भूटानको फुन्चोलिङस्थित नवनिर्मित सुक्खा बन्दरगाहको पनि अवलोकन गरेका थिए।

कोभिड-१९ महामारीका कारण भएको बन्दाबन्दीपश्चात् पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्न चाहने भूटानी नागरिकबाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले प्रवेशाज्ञा अनुमति दिएको थिएन। चार वर्षयता पूर्वी नाका भएर नेपाल आउने उनी पहिलो बङ्गलादेशी उच्चस्तरीय पाहुना हुन्।

मन्त्री चौधरीको नेतृत्वमा आएको नौ सदस्यीय प्रतिनिधिमण्डललाई मेची भन्सार कार्यालयका प्रमुख रेग्मी, बन्दरगाहकी प्रमुख सुवेदी, काठमाडौँस्थित बङ्गलादेशको दूतावासका उपप्रमुख इसरात जहानलगायतले स्वागत गरेका थिए।

बङ्गलादेशको प्रतिनिधिमण्डलमा बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका अध्यक्ष महम्मद जिलुर रहमान चौधरी, बङ्गलादेश पारवहन मन्त्रालयका संयुक्त सचिव मुन्सी महम्मद मोनिरुज्मान, बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका सञ्चालक समितिका सदस्य जियाउद्दिन अहमद भुइयान, बङ्गलादेश पारवहन मन्त्रालयका वरिष्ठ सूचना तथा जनसम्पर्क अधिकृत महम्मद जाहगिर आलम खान, बङ्गलादेशको विदेश मन्त्रालयका सहसचिव महम्मद माहादे आलम बिन्टु, बङ्गलादेश स्थल बन्दरगाह प्राधिकरणका सुपरीवेक्षक महम्मद हसन, आइमा इन्टरनेसनल बिडी लिमिटेडका अध्यक्ष खालिलुर रहमान र पारवहनमन्त्री चौधरीका निजी सचिव महम्मद मुक्तादिर हुसेन रहेका छन्।

काँकडभिट्टा हुँदै मन्त्रीस्तरिय वार्तामा सहभागि हुन बङ्गलादेशका पारवहनमन्त्री  नेपालमा

पैनीमा डुबेर एक जनाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *