२०८१ कार्तिक ७, ०८:१३
#ब्रेकिङ न्युज

सञ्चार माध्यमको नियमन गर्न दिएको निर्देशनबाट गृह मन्त्रालय पछि हट्याे

काठमाडौँ – रवि लामिछाने गृहमन्त्री भएपछि सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सञ्चार माध्यमको नियमन गर्न दिएको निर्देशनबाट गृह मन्त्रालय पछि हटेको छ।

गृह मन्त्रालयले २१ बुँदे निर्देशन जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा अधिकृत तहको कर्मचारीको नेतृत्वमा डेक्स नै राखेर न्युज अनलाइनदेखि समाजिक सञ्जाललाई समेत नियमन गर्न निर्देशन दिएको थियो।

निर्देशनको आलोचना भएपछि मन्त्रालयले आफ्नो निर्देशन सच्याएको हो। गृहले बिहीबार सूचना जारी गर्दै यसअघिको निर्देशन हटाएको जनाएको छ।

‘मिति २०८० चैत ६ गते मन्त्रालयबाट यससम्बन्धी परिपत्र नभएको र सञ्चार माध्यममा प्रकशित सरोकारलाई समेत मध्यनजर गरी मस्यौदामा उल्लेख भएका उक्त बुँदाहरु हटाई अन्य विषयहरु मात्र समावेश गरी मिति २०८० चैत ८ गते परिपत्र गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *