२०८१ कार्तिक ७, ०२:३०
#ब्रेकिङ न्युज

कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा हल्का वर्षा हुने

झापा । कोशी र प्रदेश प्रदेशमा आज हुरी सहितको बर्षा हुने सम्भावना रहेको जल तथा मौषम विज्ञान विभाग मौषम पुर्वानूमान महाशाखाले जनाएको छ । हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावले अझै तीन दिनसम्म बर्षाको सम्भावना रहेको मौषम पुर्वानूमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावा–हुरीको समेत सम्भावना रहेको छ ।राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । मौसमविद् सञ्जिव अधिकारीले आज बिहिबार कोशी र मधेस प्रदेशमा हुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा हल्का वर्षा हुने

खन्तीले हानेर आफ्नै साथीको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *