२०८१ कार्तिक ७, ००:३०
#ब्रेकिङ न्युज

पदक विजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान : मेचीनगर ४

मेचीनगर । मेचीनगर वडा नम्बर ४ ले प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८० मा सहभागि भई पदक विजेता खेलाडीहरुलाई एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको छ ।मेचीनगर खेलकुद विकास समितिको आयोजनामा गत फागुन २९ गतेदेखि चैत ६ गतेसम्म सञ्चालीत मेचीनगर स्पोर्ट्स मेनियामा मेचीनगर ४ बाट प्रतिनिििधत्व गर्ने खेलाडीहरुलाई बुधबार वडाकार्यालय परिसरमा सम्मानसहित बधाई दिएको हो ।

मेचीनगर ४ बाट ७ वटा बिधामा करिब सय बढी खेलाडीले सहभागीता जनाएका थिए । जसमध्ये महिला फुटबल, एथलेटिक्स र कराते ३ वटा बिधामा प्रथम हुँदै वडाले ३ स्वर्ण, ३ रजत र १० कास्य पदक प्राप्त गर्न सफल भएको मेचीनगर ४ का वडासदस्य तथा वडा खेलकुद विकास समिति संयोजक पवन विश्वकर्माले जानकारी दिए ।

उनले खेलाडीलाई खेलप्रति थप हौसला मिलोस् भनेर प्रोत्साहन गर्न वडाध्यक्ष अर्जुन कार्कीसहितको जनप्रतिनिधि, वडाका कर्मचारी, स्थानीय क्लबहरुसहितको सहभागितामा खेलाडीहरुलाई सम्मान तथा बधाई गरिएको बताए ।

वडा कार्यालयले खेलाडी प्रति संवेदनशिल हुँदै प्रोत्साहन स्वरुप वडाको तर्फबाट प्रथम, दोश्रो र तेश्रो हुने खेलाडी हरुलाइ निस्शुल्क, स्वास्थ बिमा गरिने जानकारी दिदैं उनले आउँदो दिनहरूमा पनि खेल अनि खेलाडीको प्रवर्द्धन गर्न कटिबद्ध भयेर लाग्ने प्रतिबद्धता जनाए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *