२०८१ कार्तिक ६, १८:२०

पाथीभरा मन्दिरमा ८ महिनामा १ करोड बढी भेटी संकलन

फिक्कल । इलामको रोङ गाउँपालिका- ३ कुटीडाँडास्थित पाथीभरा मन्दिरमा आठ महिनामा रु एक करोड चार लाख ५९ हजार एक सय ६४ भेटी संकलन भएको छ। चालु आर्थिक वर्षको साउन १ देखि गत फागुन ३० गतेसम्म सो भेटी संकलन भएको पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा रु ९९ लाख ६४ हजार ५६ नगद र चार लाख ९५ हजार एक सय आठ बराबरको जिन्सी संकलन भएको समितिका अध्यक्ष राईले जानकारी दिए।

जिन्सीअन्तर्गत सुन, चाँदीलगायत विधिन्न धातु संकलन हुने गरेको छ। समितिका अनुसार साउनमा रु चार लाख ४२ हजार पाँच सय ८८ नगद र २१ हजार बराबरको जिन्सी, भदौमा रु सात लाख ५६ हजार एक सय ७४ नगद र ६९ हजार चार सय बराबरको जिन्सी, असोजमा रु पाँच लाख ७० हजार तीन सय ८७ नगद र ६७ हजार नौ सय बराबरको जिन्सी तथा कात्तिकमा रु २१ लाख १० हजार चार सय ७५ नगद र ५९ हजार नौ सय बराबरको जिन्सी संकलन भएको छ।

त्यसैगरी, मङ्सिरमा रु १८ लाख ३२ हजार पाँच सय ५७ नगद र ६८ हजार आठ सय बराबरको जिन्सी, पुसमा रु १५ लाख ४२ हजार ९७ नगद र ४० हजार नौ सय बराबरको जिन्सी, माघमा रु १२ लाख ५४ हजार पाँच सय ३५ नगद र २८ हजार दुईसय बराबरको जिन्सी तथा फागुनमा रु १४ लाख ५५ हजार दुई सय ४३ नगद र एक लाख २१ हजार नौ सय आठ बराबरको जिन्सी संकलन भएको छ।

गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो। गत वर्ष फागुनदेखि असारसम्म रु ९२ लाख ९५ हजार तीन सय ६२ भेटी संकलन भएको थियो। सो अवधिमा रु ८५ लाख ३१ हजार दुई नगद र सात लाख ६४ हजार तीन सय ६० बराबरको जिन्सी संकलन भएको थियो।RSS

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

पाथीभरा मन्दिरमा ८ महिनामा १ करोड बढी भेटी संकलन

मेचीनगर स्पोर्ट्स मेनिया २०८० : मेचीनगर १०

Leave a comment

Your email address will not be published. Required fields are marked *