२०८१ कार्तिक ६, १६:३१
#अर्थ #ब्रेकिङ न्युज

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य प्रतितोला ७०० रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुन प्रतितोला एक लाख २५ हजार २०० रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख २४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

तेजाबी सुनको मूल्य पनि तोलामा ७०० रुपैयाँले वृद्धि भएको छ। महासंघले आजका निम्ति तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २४ हजार ६०० रुपैयाँ कायम गरेको छ।

सोमबार तेजाबी सुन प्रतितोला एक लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।

चाँदीको मूल्य आजका निम्ति प्रतितोला एक हजार ५२५ रुपैयाँ निर्धारण गरिएको छ।

पाथीभरा मन्दिरमा ८ महिनामा १ करोड बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *