२०८१ कार्तिक ६, २०:४६
#ब्रेकिङ न्युज

काँग्रेस भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा मगर निर्वाचित

धुलाबारी । नेपाली काँग्रेसको भातृ संगठन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ क्षेत्र नं १ सभापतिमा अर्जुन सुब्बालाइ पराजित गर्दै राम मगर शानदार मतले निर्वाचित भएका छन् ।

आज क्षेत्रीय पार्टी कार्यालय धुलाबारीमा सम्पन्न निर्वाचनमार्फत सभापतिमा ७८ मतका साथ मगर निर्वाचित भएको निर्वाचन समिति सदस्य पुष्पराज पौडेलले जानकारी दिए भने सुब्बाले ५५ मत प्राप्त गरेको पौडेलले बताए ।

 

क्षेत्र नं १ अन्तर्गतका २१ वडाबाट सभापतिसहित कुल १४४ मतदाता चुनिएका थिए । जसमा ११ जना मतदानमा अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ  भने बाकी रहेका सबै पदहरूमा सर्वसम्मत निर्वाचित भएका छन्।निर्वाचित हुनेमा उपाध्यक्षद्वयमा बिक्रम पन्धाक लिम्बु र हरदेव राजवंशी, सचिवमा कविन्द्र श्रेष्ठ र कला श्रेष्ठ तथा सहसचिवमा प्रकाश तामाङ र बालकुमारी श्रेष्ठ हुन्।

त्यसैगरी सदस्यहरुमा कुमेत पाहान, विष्णुमाया तामाङ र निर्मल नेम्बाङ चुनिएका छन् ।केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खड्ग बहादुर सुब्बा, बिनोद मेचे, हस्त आङ्देम्बे, सुबास गुरुङ, महिला सदस्यमा शशी थापा र मुनामाया राना निर्वाचिन भएका छन् ।

निर्वाचन समितिले नतिजा घोषणा गरे लगत्तै पार्टी कार्यालय पुगेर क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, महासमिति सदस्य राम कट्टेललगायत पार्टीका नेता तथा कार्यकर्ताहरुले बधाई व्यक्त गरेका थिए ।

मगर मेचीनगरलाई कार्यथलो बनाउदै पुन्यचोकमा निशा फार्मेसी खोलेर सेवा दिदै आएका छन् भने त्यसअलवा विभिन्न सघ सस्थामा जोडिएर समाजसेवा पनि गर्दै आउनु भएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *