२०८१ कार्तिक ७, १५:०८
#खेलकुद

क्रिकेटमा मेचीनगर ९ र ६ को फाइनल भीडन्त पक्का

मेचीनगर । मेचीनगर वडा नम्बर ९ र ६ प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेमिफाइनलमा पराजित हुँदै मेचीनगर १ र २ उपाधि होडबाट बाहिरिएका छन् ।
तुर्केनी खेल मैदानमा आइतबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा मेचीनगर ६ नम्बर वडा ४४ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको वडा नम्बर ६ ले १ सय ६४ रन बटुलेको थियो । १ सय ६५ रनको लक्ष्य पछ्याएको वडा नम्बर २ ले १ सय २० रन मात्र बनायो । खेलको म्यान अफ दी म्याच ५५ रन बनाएका मेचीनगर–६ का आशिक मगर घोषित भए ।
त्यसैगरी, आइतबारनै भएको दोश्रो सेमिफाइनल खेलबाट वडा नम्बर १ लाई ४६ रनले पराजित गर्दै नम्बर वडा ९ फाइनल प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ९ ले ७४ रन बनाएको थियो । ७५ रनको लक्ष्य पछ्याएको वडा नम्बर १ ले सवै विकेट गुमाउँदै २८ रन मात्र बनाउन सक्यो । ४ विकेट र ७ रन जोडेका मेचीनगर–९ का अभ्यास तिम्सिना खेलको म्यान अफ दी म्याच घोषित भएसँगै नगद तथा प्रमाणपत्र गरे ।
क्रिकेटतर्फ मिलन क्रिकेट क्लब र तुर्केनी स्पोर्टस् क्लबको प्राविधिक सहयोग रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *