२०८१ कार्तिक ६, १८:२३
#खेलकुद #ब्रेकिङ न्युज

मेचीनगर स्पोर्टस् मेनियाः पुरुष फुटबलतर्फ मेचीनगर २ र ६ फाइनलमा भीड्दै

मेचीनगर । मेचीनगर २ र ६ प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष फुटबलको फाइनल प्रवेश गरेका छन् । काँकरभिट्टा माविको खेलमैदानमा जारी प्रतियोगितामा मेचीनगर २ ले वडा नम्बर ११ लाई र मेचीनगर–६ ले वडा नम्बर १५ लाई हराउँदै फाइनल यात्रा तय गरेका हुन् ।
आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेचीनगर १५ विरुद्ध मेचीनगर ६ ले २–१ को संघर्षपूर्ण जीत निकाल्यो । मेचीनगर–६ का लागि खेलको १३ औँ मिनेटमा खमिर गिल्सनले एक गोल गरेका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै मेचीनगर–६ कै रमेश क्षेत्रीले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । मेचीनगर–१५ का लागि सुमन हेमरमले एक गोल गरेपनि त्यो जीतका लागि पर्याप्त भएन । खेल मेचीनगर–६ ले जित्यो । खेलको म्यान अफ दी म्याच रमेश क्षेत्री घोषित हुँदै नगद २ हजारसहित प्रमाण पत्र प्राप्त गरे ।
त्यसैगरी, आइतबारै सम्पन्न दोश्रो सेमिफाइनलमा मेचीनगर २ विजयी बन्यो । पेनाल्टी सुटआउटमा वडा नम्बर २ ले ११ लाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित समयमा गोलरहित बराबरी खेलेपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । मेचीनगर–२ का रुजन न्यौपाने, पुजन राई, आवाज सुवेदी, आयुस राई, विशाल राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । मेचीनगर–११ का अनुसरण राई, केशव नेउभाग, सुजित मेचेले गोल गरे भने सुजल धिमालको प्रहार मेचीनगर–२ का गोलरक्षक रोमन न्यौपानेले उत्कृष्ट बचाउ गरेका थिए । खेलको म्यान अफ दी म्याच रोमन न्यौपाने घोषित भए । उनलाई मेचीनगर नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझा, मानबहादुर तामाङलगायतले नगद २ हजारसहित प्रमाणपत्र प्रदान गरे ।
फुटबलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र काँकरभिट्टा भेट्रान फुटबल क्लबको प्राविधिक सहयोग रहेको छ । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ । विजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी, सर्वाेत्कृष्ट खेलाडीले ५ हजार, सर्वाेत्कृष्ट गोलकिपर, गोलकर्ता, प्रशिक्षक, उदयमान खेलाडीले जनही ३ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
भोलि महिला फुटबलको फाइनल खेल वडा नम्बर ४ र ३ बीच हुने आयोजकले जनाएको छ । मेचीनगर–६, ४ र ३ गरी जम्मा तीन वडाको सहभागिता रहेको महिला फुटबलको विजेताले ३० हजार प्राप्त गर्नेछन् भने उपविजेताले १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले ३ हजार, सर्वाेत्कृष्ट गोलकिपर, गोलकर्ता, प्रशिक्षक, उदीयमान खेलाडीले जनही २ हजार ५ सय रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

मेचीनगर स्पोर्टस् मेनियाः पुरुष फुटबलतर्फ मेचीनगर २ र ६ फाइनलमा भीड्दै

बाहुण्डाँगी जेसीजको आँखा शिविर सम्पन्न

मेचीनगर स्पोर्टस् मेनियाः पुरुष फुटबलतर्फ मेचीनगर २ र ६ फाइनलमा भीड्दै

क्रिकेटमा मेचीनगर ९ र ६ को फाइनल

Leave a comment

Your email address will not be published. Required fields are marked *