२०८१ कार्तिक ६, १८:१२
#खेलकुद

प्रथम मेचीनगर स्पोर्टस् मेनियाः तेक्वान्दोमा मेचीनगर १४ प्रथम

मेचीनगर । मेचीनगरमा जारी ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत तेक्वान्दोतर्फ मेचीनगर वडा नम्बर १४ ले प्रथम स्थान हासिल गरेको छ ।
नगरको १५ वटै वडा सम्मेलित प्रतियोगितामा ५ स्वर्ण ५ रजत र १९ कास्य गरी २९ पदकसहित मेचीनगर १४ प्रथम भएको हो ।
प्रतियोगितामा ३ स्वर्ण, २ रजत गरी ५ पदकसहित मेचीनगर–७ दोस्रो भएको छ । त्यसैगरी, मेचीनगर–६ तेस्रो भएको छ । मेचीनगर–६ ले २ स्वर्ण, ३ रजत र २ कास्य गरी ७ पदक हात पा¥यो ।
चौथो स्थानमा रहेको मेचीनगर–८ ले २ स्वर्ण १ रजत र १ कास्य गरी ४ पदक जितेको थियो । १ स्वर्ण, २ रजत, ५ कास्य गरी ८ पदक जितेको मेचीनगर– ११ भने पाँचौ स्थानमा रहेको थियो । १ स्वर्ण १ रजत गरी २ पदक प्राप्त गरेको मेचीनगर–९ छैटौ, १ कास्य प्राप्त गरेको मेचीनगर–१५ सातौँ स्थानम रहेका थिए । मेचीनगर–१, २, ३, ४, ५, १०, १२, १३ पदकविहीन भएका थिए ।

पुरस्कार वितरण कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, नगर उपप्रमुख मिना पोखरेल उप्रेती, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, नगर खेलकुद विकास समितिका उपाध्यक्ष रविन ओझालगायतले वितरण गरेका थिए ।

प्रथम मेचीनगर स्पोर्टस् मेनियाः तेक्वान्दोमा मेचीनगर १४ प्रथम

बाहुण्डाँगी जेसीजको आँखा शिविर सम्पन्न

Leave a comment

Your email address will not be published. Required fields are marked *