२०८१ कार्तिक ६, १८:२७
#खेलकुद #ब्रेकिङ न्युज

कबड्डी पुरुषतर्फको उपाधि मेचीनगर १०, महिलातर्फको १४ लाई

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुषतर्फ कबड्डीको उपाधि मेचीनगर १० ले चुमेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मेचीनगर ९ लाई पराजित गर्दै मेचीनगर १० च्याम्पियन बनेको हो ।
मेचीगनर–१० ले वडा नम्बर ९ लाई ६१–५५ ले पराजित गरेको हो । विजेता मेचीनगर–१० ले नगद ३० हजार प्राप्त ग¥यो भने उपविजेता मेचीनगर–९ ले १५ हजार प्राप्त ग¥यो । मेचीनगर–१० ले मेचीनगर १४ लाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने मेचीनगर –९ ले मेचीनगर ६ लाई हराउँदै फाइनल पुगेको हो ।
त्यसैगरी, महिलातर्फ कबड्डीको उपाधि मेचीनगर १४ ले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा मेचीनगर १५ लाई पराजित गर्दै मेचीनगर १४ च्याम्पियन बनेको हो ।
मेचीगनर–१४ ले वडा नम्बर १५ लाई ५६–२३ ले पराजित गरेको हो । उपाधि जितेसँगै मेचीनगर–१४ ले नगद ३० हजार प्राप्त ग¥यो भने उपविजेता मेचीनगर १५ ले नगद १५ हजार प्राप्त ग¥यो ।
मेचीनगर–१४ ले मेचीनगर १० लाई हराउँदै फाइनल यात्रा तय गरेको थियो भने मेचीनगर–१५ ले मेचीनगर ७ लाई हराउँदै फाइनल पुगेको कबड्डीका संयोजक विष्णु तामाङले जानकारी दिए । खेलाडीलाई मेडल तथा ट्रफी चैत ६ गते वितरण गरिने आयोजकले जनाएको छ ।
धुलाबारी माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा कबड्डी पुरुषतर्फ ९ टिमको सहभागिता रहेको थियो भने महिलातर्फ ६ टिमको सहभागिता रहेको थियो ।

कबड्डी पुरुषतर्फको उपाधि मेचीनगर १०, महिलातर्फको १४ लाई

तरूल उत्पादन र प्रवर्द्धनमा मेचीनगरको चासो

Leave a comment

Your email address will not be published. Required fields are marked *