२०८१ कार्तिक ७, १५:०९
#कोशी #ब्रेकिङ न्युज #समाज

आजदेखि ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया’ हुने

मेचीनगर । मेचीनगरमा आजदेखि ‘प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८०’ शुरु हुने भएको छ । ‘शान्ति र समृद्धिमा हाम्रो ऐक्यवद्धता, खेलकुदको विकासमा नगरको प्रतिबद्धता’ भन्ने मुल नारासहित स्पोर्टस् मेनिया शुरु हुनेछ ।
खेलकुद विकास समिति मेचीनगरको आयोजनामा हुने स्पोर्टस मेनियाको उद्घाटन काँकरभिट्टा माविको खेलमैदानमा १०ः३० देखि शुरु हुने जनाइएको छ । मेचीनगरमा खेलकुदको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको मेचीनगर स्पोर्टस् मेनिया २०८० मा फुटबल, क्रिकेट, भलिबल, चेस, काता, कबड्डी, कराँते, तेक्वान्दो, बक्सिङ र एथलेटिक्स (पुरुष, महिला) का खेलहरू हुनेछन् ।
५ हजार खेलाडी सहभागी हुने कार्यक्रम सम्पन्न गर्न रु. ५३ लाख ७७ हजार बजेट खर्च हुने अनुमान गरिएको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको मेचीनगर नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी दिए ।
फुटबल, बक्सिङ्ग र तेक्वान्दो काँकरभिट्टा माविको खेल मैदानमा, भलिबल, कबड्डी र एथलेटिक्स धुलाबारी माविको खेलमैदानमा, क्रिकेट तुर्केनी खेल मैदानमा, चेस काँकरभिट्टा खानेपानीको सभाहलमा र कराँते काँकरभिट्टा सामुदायिक भवनमा हुने जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *