२०८१ कार्तिक ७, ०२:२४

बसको ठक्करबाट ३२ वर्षीय मगरको मृत्यु

विर्तामोड-झापामा बसको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका- ११ का ३२ वर्षीय राहुल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-१ स्थित धरमपुरमा शुक्रबार साँझ ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख २५४७ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे १० प ७७५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

घाइते मोटरसाइकल चालक मगरलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । बस र बस चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको बताएको छ ।

बसको ठक्करबाट ३२ वर्षीय मगरको मृत्यु

सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब छैटौँ झापा

Leave a comment

Your email address will not be published. Required fields are marked *