२०८१ कार्तिक ७, ०३:२०

सशस्त्र प्रहरीद्वारा काँकडभिट्टामा स्थानीयहरूलाई खुकुरी प्रहार

झापा, १८ फागुन । सशस्त्र प्रहरीले काँकाडभिट्टामा स्थानीयालाई खुकुरी प्रहार गरेको छ । सशस्त्र प्रहरीले खुकुरी प्रहार गर्दा ६ जना स्थानीय घाइते बनाएका छन् ।

काँकडभिट्टाको गैरीगाउँमा तस्करी नियन्त्रणको लागि भनेर आएको सशस्त्र प्रहरी र स्थानीयबीच कपडा कटाउने भन्ने विषयमा विवाद हुँदा सशस्त्र प्रहरीका कोट मास्टर र ड्राइभरले खुकुरी निकालेर हानेको स्थानीयले बताए । खुकुरी प्रहारबाट दीपा बातरको हातको औला काटिएको छ । हरि बातरको छातीमा गहिरो चोट लागेको छ ।

विषेश राजबंशीको हात कटिएको छ । स्थानीय मिलन चापागाईंको हात काटिएको बताइएको छ । दीपक बातर र आनह यादवलाई जीउमा चोट लागेको छ । घाइतेको उपचारको लागि बीएण्डीसी अस्पताल लगिएको जानकारी प्राप्त भएको छ । काँकडभिट्टा क्षेत्रमा विगतदेखि नै सशस्त्र प्रहरीले आतंक मच्चाउँदै आएको छ ।

कहिले तस्करले लाइन नदिएको भन्दै कुटपिट गर्दै आएको छ भने कहिले आफ्नै कर्मचारी माथि हातपात गर्दै आएको छ ।

सशस्त्र प्रहरीद्वारा काँकडभिट्टामा स्थानीयहरूलाई खुकुरी प्रहार

नेपाल पत्रकार महासंघ झापा गोल्ड कपको संस्थागत

सशस्त्र प्रहरीद्वारा काँकडभिट्टामा स्थानीयहरूलाई खुकुरी प्रहार

छैटौँ झापा गोल्ड कपः एपिएफसँग संकटा स्तब्ध

Leave a comment

Your email address will not be published. Required fields are marked *