२०८१ कार्तिक ६, २०:५९

काँकरभिट्टाको दार्जिलिङ होटल अगाडि तीनजना लागुऔषधसहित पक्राउ

मेचीनगर-प्रहरीले झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट लागुऔषधसहित तीनजनालाई नियन्त्रणमा लिएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो साँझ साठे सात बजे उनीहरुलाई खैरो हिरोइनजस्तो देखिने पदार्थसहित काँकरभिट्टाको दार्जिलिङ होटल अगाडि पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।गोप्य सूचनाको आधारमा जाँच गर्ने क्रममा पुजन तामाङको साथबाट लुकाइछिपाई ल्याउँदै गरेको खैरो हेरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद गरिएको थियो ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा १० कालिस्थान घर भई मेचीनगरस्थित सुनगाभा टोलमा डेरा गरी बस्ने २६ वर्षीय प्रकाश पौडेल, २२ वर्षीय पुजन तामाङ र काठमाडौँ १६ ढुंगेअड्डा बस्ने ३० वर्षीय ईश्वर आधिकारी छन् ।

उनीहरूसग पदार्थ प्लास्टिकसहित ४७ ग्राम १७ मिलिग्राम र प्लास्टिकबाहेक ४७ ग्राम रहेको झापा प्रहरीले जनाएको छ ।

छैटौँ झापा गोल्डकपको खेल तालिका सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *