२०८१ कार्तिक ७, ०२:३४
#ब्रेकिङ न्युज

मेचीनगरमा फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने

झापा,१५ फागुन । मेचीनगर नगरपालिका नगर क्षेत्र भित्रका ३३ हजार बालबालिकालाई यही फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

नगरको स्वास्थ्य शाखाले आज पत्रकारहरुसँगको छलफलमा ९ महिनादेखि १५ बर्षमुनिका ३३ हजार बालबालिकालाई खोप लगाइने जानकारी दिएको हो ।

कार्यक्रममा खोप अभियानलाई प्रभावकारी बनाउनका लागि पालिका क्षेत्रका विद्यालयहरुका विद्यार्थीलाई जानकारी गराउने, उनीहरुमार्फत अभिभावकहरुलाई बालबच्चालाई खोपमा सरिक गराउन निमन्त्रणा पत्र पठाउने, विद्यालयका शिक्षक, टोल समितिका अध्यक्षहरुसँग छलफल गर्ने लगायतका कामहरु तीब्र रुपमा भइरहेको स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिइन् ।

उनले खोप अभियानलाई सफल पार्नका लागि नागरिक समाज, शिक्षक, राजनीतिक दल, संघसंस्था र सञ्चारकर्मीहरुलाई समेत आग्रह गरेकी छन् ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख होमनाथ भण्डारीले यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले फेरि खोप अभियान चलाएको बताए । उनले सरकारको सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य रहेको जानकारी दिए ।

नगरका पन्ध्र वटै वडामा १०६ वटा विद्यालय, स्वास्थ्य शाखालगायतका खोप केन्द्रमार्फत अभियान यही फागुन २० गतेदेखि २९ गतेसम्म सञ्चालन हुदैछ ।

मेचीनगरमा फागुन २० गतेदेखि २९ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप लगाइने

पर्यटकका पर्खाइमा सदियौँदेखिकाे तमोर क्षेत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *