२०८१ कार्तिक ७, १५:१४

क्यानद्वारा क्रिक्रेट खेलाडीको पारिश्रमिक निर्धारण

काठमाण्डौँ – नेपाल क्रिकेट संघ (क्यान) को गत शनिबार र सोमबार (आज) बसको केन्द्रिय कार्यसमितिको बैठकले खेलाडी वर्गिकरण टुंगो लगाएको छ। साथै क्यानले नेपाल ए टिमको प्रशिक्षक र यू-१९ महिला टिमको प्रशिक्षकको जिम्मेवारी समेत औपचारिक रुपमा अनुमोदन गरेको छ।

क्यानले खेलाडी वर्गिकरणमा ३० खेलाडीलाई विभिन्न ५ चरणमा वर्गीकरण गर्दै पुरुष तर्फ मासिक १ लाख देखी २५ हजार सम्म तलबको ब्यबस्था गर्दा महिला तर्फ ४ क्याटगोरीमा ५० हजार देखी २० हजार सम्म पारिश्रमिकको ब्यबस्था गरेको छ।

महिला तर्फ १९ खेलाडीलाई वर्गिकरणमा राखिएको छ।

Leave a comment

Your email address will not be published. Required fields are marked *